प्रिमियरसिपको लागी फुल्हम र ब्रेन्टफोर्ड च्याम्पियनसिप प्ले–अफको फाइनलमा भिड्ने

प्रिमियरसिपको लागी फुल्हम र ब्रेन्टफोर्ड च्याम्पियनसिप प्ले–अफको फाइनलमा भिड्ने

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी ।
ब्रेन्टफोर्ड र फुल्हमले इंग्लीश फुटबलको शिर्ष श्रेणी प्रिमियरसिपमा स्थान बनाउन आज निर्णायक खेल खेल्दैछन् ।

खेल आज राती नेपाली समय अनुसारसाँढे १२ वजे लण्डनस्थित वेम्बले रंगशालामा हुने छ । उक्त खेलको विजेता टोली प्रिमियर डिभिजनमा उक्लिनेछ ।

ब्रेन्टफोर्डले स्वान्सी सिटी तथा फुल्हमले कार्डिफ सिटीलाई च्याम्पियनसिप प्ले–अफ्को सेमी फाइनलमा हराएर फाईनलसम्म आइपुगेका हुन् ।

आजको विजेता टोलीले च्याम्पियनसिपबाट माथि उक्लिएका लिड्स युनाईटेड र वेष्ट ब्रोमविच आल्बियोनसँगै आगामि सिजनको प्रिमियर लिग खेल्नेछ ।

खेल जितेको खण्डमा फुल्हमले आगामि तिन वर्षभित्र १ सय ३० मिलियन पाउण्ड पाउने छ , त्यसैले च्याम्पियनसिपको प्ले–अफ् फाईनल खेललाई विश्वकै सबैभन्दा महंगो फुटबल खेलको रुपमा हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ