नेप्सेमा सामान्य सुधार, ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुग्याे

नेप्सेमा सामान्य सुधार, ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुग्याे

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १९ साउन ।
साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ ।

जलविद्युत् ३.५५ अङ्कले घट्दा वित्त ०.८४ र सामूहिक लागनी कोष ०.०६ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ७.०५, व्यापार ९.४४, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बीमा ४६.७१, उत्पादन ८.१५, अन्य ३.८२, लघुवित्त १५.७३ र जीवन बीमा ५८.७८ अङ्कले बढेका छन् ।

कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो । यस्तै नेपाल पुनःबीमा कम्पनीको रु १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु छ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु चार करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको शेयर रु तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो ।

अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.९२, नेपाल फाइनान्स ९.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.२७ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ६.५४ प्रतिशतले कमाए ।

दिव्यश्वरी हाइड्रोपावर प्रालिका शेयरधनीले ६.९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६.५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६.१५, छ्याङ्दी हाइड्रोपावर ५.३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५.३२ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी