ब्रम्हटोलमा सांसद शाक्यको पहलमा कलात्मक शैलीको सम्पदा मैत्री फल्चा पुनः निर्माण

ब्रम्हटोलमा सांसद शाक्यको पहलमा कलात्मक शैलीको सम्पदा मैत्री फल्चा पुनः निर्माण

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, १८ साउन । दशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले प्रख्यात ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनः निर्माण सम्पन्न भएको छ । प्रत्येक १२ वर्षको पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनःनिर्माण गरेको बागमती प्रदेका सांसद डा। अजय क्रान्ति शाक्यले जानकारी दिनुभयो । शाक्य काठमाडौं निर्वाचन क्षेत्र नं ९ ९१० बाट निर्वाचित सांसद हुनुहुन्छ । ‘आफ्नो निर्वाचन क्षेत्रमा रहेका, ऐतिहासिक, साँस्कृतिक र पुरात्वतिक महत्वका सम्पदाहरूको संरक्षण गर्ने अभियान अन्र्तरगत यहाँ फल्चा पुनः निर्माण गरेको हो,’ शाक्यले भन्नुभयो, ‘मूल्यको हिसावले यो सामान्य हो । तर, हामीले पुरात्वात्तिव सम्पदाले भरिपूर्ण काठमाडौँमा रहेका कला, संस्कृति, मुर्त–अमूर्त सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेका छौँ । संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर यहाँको संम्पदा संरक्षणका लागि समन्वयका साथ अघि बढ्नुपर्छ ।’
शाक्यले आफ्नो क्षेत्रको पूर्वाधार विकास, सम्पदा पुर्ननिर्माण, सहरी सौदर्यीकर जस्ता कार्यमलाई अभियानकै रुपमा अघि बढाउँदै आउनु भएको छ । प्रत्येक वर्ष बडा दशैंको पञ्चमीको दिन हुने पचिमर्ह् (पचली भैरव जात्रा) र १२ वर्षको पचली भैरव जात्राका कारण यो स्थानको विशेष महत्त्व रहेको कामपा–१२ वडाका अध्यक्ष विकास डंगोलले जानकारी दिनुभयो ।
काठमाडौँ क्षेत्र नम्बर– ९ (क) मा वडा– १२, १४, २१ र २२ पर्दछन् । ती वडाका पनि विभिन्न स्थानमा शाक्यले स्थानीय र संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विकास, सम्पदा पुर्ननिर्माण, सहरी सौदर्यीकर जस्ता कार्य गर्दै आउनु भएको छ । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ र उहाँको संयुक्त पहलमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर–१४ मा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगर्त बासुकी दह बल्खुखोला पार्क निर्माण कार्य दू्रतगतिमा अघि बढेको छ । त्यसैगरी उहाँकै पहलमा संघीय सरकार, स्थानीय सरकार र प्रदेशको समन्वयमा वडा–२२ को न्युरोडदेखि जुद्ध शालिक हुँदै इन्द्रचोक र भूगोलपार्क आसपाससम्म सौदर्यीकरण कार्यलगायत दुई दर्जन बढी कार्यक्रम अघि बढेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ