साउन १८ काठमाण्डौं । मेरो सेयरका एकाउन्ट होल्डरले नविकरणको भुक्तानीइसेवाबाट गर्न पाउने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथाब्रोकरको रकम अनलाइनबाट भुक्तानीगर्न सकिने सेवादिएको इसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवादिएको हो ।
यो सँगै मेरो सेयरको शुल्कभुक्तानीकै लागिविभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्तिमिलेको छ ।
लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयरएकाउन्टको नविकरण गर्न सकिने इसेवाकासिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजनमहर्जनले बताउनुभयो ।इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनीहो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियमभुक्तानी, सेयर कारोबारको भुक्तानीगर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतकाशुल्कभुक्तानीगर्न सकिन्छ ।
इसेवामाहाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।