भक्तपुरका मिनीमार्टमा अनुगमन

भक्तपुरका मिनीमार्टमा अनुगमन

  • शनिबार, साउन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, १७ साउन । भक्तपुर नगरपालिकाको अनुगमन समितिले जिल्लाका मिनीमार्टहरूको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लकडाउन खुकुलोसँगै बजार भाउ महङ्गिएको र गुन्हीपुन्ही (गाईजात्रा) लाई लक्षित गरी क्वाटीसहित खाद्य पसल अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मिनीमार्टले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्रबिना नै जथाभावी लेवल लगाएको पाइएको छ । म्याद गुर्जेका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेका उहाँले जानकारी दिनुभयो । साकोठास्थित भक्तपुर मिनीमार्ट, च्याम्हासिंमा रहेको नाइन स्टार सपिङ सेन्टर र नमस्ते किराना स्टोरमा गरिएको अनुगमनमा सबैले म्याद गुज्रेको सामान बिक्रीका लागि राखेको पाइएको छ । उहाँले खुद्रा विक्रेतामा दर्ता गरेर मिनीमार्टमा चलाएको र विभिन्न खाद्य सामग्री अत्यधिक मात्रामा म्याद नाघेको बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेको बताउनुभयो ।

मिनीमार्टलाई पाकेजिङ सामान गेडागुडी, दाल, चिउरालगायतमा खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्रबिना लेवल नराख्न निर्देशन दिएको र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन तराजु जफत गरिएको छ भने कर्मचारीहरूमा एप्रोन, मास्क, पञ्जा, स्यानिटाइजरसहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ