एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शुक्रबार भएको खेलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रेन्च लिग कपको उपाधि जितेको छ।
पिएसजी पछिल्लो ६ वर्षमा चौथोपटक तीनवटै घरेलु प्रतियोगिताको उपाधि जितेको हो।
तोकिएको समयमा खेल गोलरहित सकिएपछि पेनाल्टी मार्फत खेलको टुगाें लगाउने निर्णय भएको थियो । दश पटक पेनाल्टी बराबर भएपछि ११औँ पेनाल्टीमा लियोनका ट्राओरको प्रहारलाई पिएसजीका गोलकिपर नाभासले बिफल पारे र पिएसजीका साराबियाले गोल गरेपछि खेल पिएसजीको हातमा परेको हो ।
पिएसजीले फ्रान्सका पछिल्ला ३६ मध्ये २५ वटा घरेलु उपाधि जितिसकेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline