सिरि ए सिजनको उपाधि बिजेता युभेन्ट्स पराजित, गोल्डेन बुटको दौडमा रहेका रोनाल्डोलाइ धक्का

सिरि ए सिजनको उपाधि बिजेता युभेन्ट्स पराजित, गोल्डेन बुटको दौडमा रहेका रोनाल्डोलाइ धक्का

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी ।
इटालियन फुटबल लिग सिरि एको यो सिजनको उपाधि जितेको युभेन्ट्स अन्तिम खेलअघि पराजित भएको छ। बुधबार राति भएको खेलमा युभेन्ट्स काग्लिअरी सगं ० – २ ले पराजित भएको हो ।

काग्लिअरीका लागि गाग्लियानोले आठौं र सिमोनले पहिलो हाफको इन्जुरी टाइमको द‍ोस्रो मिनेटमा गोल गरे। काग्लिअरीले खेलको शुरुआत देखीनै राम्रो लय लिएको थियो ।
युभेन्ट्सका फरवार्ड विश्व चर्चित खेलाडी रोनाल्डोले पाएको अवसर गुमाउदाँ युभेन्ट्सले हार भोग्नु परेको हो ।
लो हार सगैं जारी सिजनमा ३१ गोल गरिसकेका रोनाल्डोको सर्वाधिक गोलकर्ता बन्ने लक्ष्यमा धक्का पुगेको छ ।
अन्तिम खेलअघि रोनाल्डो लाजियोका सिरो इमोबिलभन्दा ४ गोलले पछि छन्। इमोबिलले ३५ गोल गरिसकेका छन्।

बुधबार लाजियोले ब्रेस्सियालाई २-० ले हराउदा इमोबिलले एक गोल गरेका थिए।

इमोबियल युरोपियन गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ