४ महिनादेखि बन्द होटलहरु आजबाट खुले

४ महिनादेखि बन्द होटलहरु आजबाट खुले

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १५ साउन । विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी लकडाउनका कारण बन्द भएका देशभरका होटलहरु आजबाट खुलेका हुन् ।

होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याउन लागिएको हानले जनाएको छ ।

आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् । पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ ।

कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरुपनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गनुको विकल्प नभएको होटेल व्यवसायीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ