राखेप उपाध्यक्ष र सदस्य सचिवद्धारा शपथ ग्रहण

राखेप उपाध्यक्ष र सदस्य सचिवद्धारा शपथ ग्रहण

  • बुधबार, साउन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ, १४ साउन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेशकुमार सिलवालले आज शपथ लिनुभएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा कोइराला र सिलवाललाई शपथ गराउनुभयो । यही साउन १२ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइराला र सिलवाललाई नियुक्त गरेको थियो ।
सिलवाल दोस्रोपटक सदस्य सचिव पदमा नियुक्त हुनुभएको हो । नयाँ खेलकूद विकास ऐन, २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलोपटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त हुनुभएको हो ।

उहाँ गत वर्ष असार २३ गते सदस्य सचिव पदमा पहिलोपटक नियुक्त हुनुभएको थियो । नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उहाँ पदमुक्त हुनुभएको थियो । सिलवाल पदमुक्त भएको केही सातापछि पुनः दोस्रोपटक सदस्य सचिवमा नियुक्त हुनुभयो ।

राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएको हो । यसअघि राजनीतिक आधारमा नियुक्ति हुने परम्परा थियो । युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले आफ्नो एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने अवसर पाएको भन्दै खेलकूद क्षेत्रलाई आफ्नो जीवनको महत्वपूर्ण अङ्ग बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले खेलकूदको माहोल बनाउने, खेलकूदलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने बताउनुभयो ।
त्यसैगरी कोइराला भने राखेपमा पहिलोपटक प्रवेश गर्नुभएको हो । गत वर्ष मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा कोइरालाले प्रचारप्रसार विभागको संयोजकका रुपमा काम गर्नुभएको थियो । उपाध्यक्ष कोइरालाले विगत, वर्तमान र भविष्य फरक हुनुपर्छ भने मान्यताका साथ खेलकूद क्षेत्रको विकासमा अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्यकाल चार वर्ष रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ