गैरकानुनी नेटवर्किङ व्यवशायमाथि वाणिज्य विभागको कडाई

गैरकानुनी नेटवर्किङ व्यवशायमाथि वाणिज्य विभागको कडाई

  • बुधबार, साउन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

साउन १४ काठमाण्डौं । गैरकानुनी पिरामिड शैलीको नेटवर्किङ व्यापार फेरी मौलाए पछि वाणिज्य विभागले कडाई शुरु गरेको छ ।
वस्तुको प्रत्यक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो तरीकाबाट नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
विभागले मंगलबार पत्रकरा सम्मेलन गरी कतिपय कम्पनीले आफ्नो बेवसाइटमा समेत नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्काल हटाउन निर्देशन समेत दिएको छ।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले केही कम्पनीको गतिविधि शंकास्पद लागेर स्पष्टीकरण समेत सोधेको जानकारी गराए ।

विभागले विगतमा नेटवर्किङ धन्धा गरेका कम्पनी नै अहिले पनि इजाजत प्राप्त गरेको विषयमा उनीहरूको पृष्ठभूमिको जिल्ला प्रशासन कार्यालय र प्रहरीको सहयोगमा अध्ययन गर्ने भनेको छ ।

शंकास्पद गतिविधि भेटिएको भन्दै नेचर हब्र्ससँग विभागले स्पष्टीकरण सोधेको छ। विभागका निर्देशक शिव सेढाईले इजाजत प्राप्त कतिपय कम्पनीले आफ्नो बेवसाइटमा नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्कालै त्यस्ता सामग्री हटाउन निर्देशन दिइएको बताए ।

आईबोस ग्लोबल इन्टरनेसनल प्रालि , नेचर हर्बस् इन्टरनेसनल प्रालि र न्यु विवेक इन्टरप्राइजेज प्रालिले वस्तुको प्रत्येक्ष बिक्री नियमावलीअनुसार व्यापार व्यवसाय गर्न अनुमति पाएका छन्।

यही नियमावलीअनुसार हेल्दी लिभिङ प्रालि, केयर मार्केट इन्टरनेसनल प्रालि, युटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्ट इन्टरनेसनल प्रालिले पनि अनुमति पाएका छन्। थप ६ वटा कम्पनी इजाजत लिने क्रममा रहेको विभागले जनाएको छ।

विगतमा यस्ता कम्पनीले उपभोक्ताबाट ५ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै क्षतिपूर्तिको मागसमेत गरेका थिए। तर सरकारले हालसम्म क्षतिपूर्ति उपलब्ध गराएको छैन।
हेर्नुस् विभागको विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ