सिपिएलका लागि सन्दीपले गरे कोरोना परीक्षण , नतिजा आउन बाकीँ

सिपिएलका लागि सन्दीपले गरे कोरोना परीक्षण , नतिजा आउन बाकीँ

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ , १३ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो जानको लागी लेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन्।
सन्दीपका सहयोगी रमन सिवाकोटीका अनुसार सन्दीपले मंगलबार सानेपास्थित स्टार हस्पिटलमा स्वाब दिएका छन्। परीक्षणको नतिजा बुधबारसम्म आइपुग्ने छ।
सिपिएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण पेश गर्नुपर्ने भएकाले सन्दीपले परिक्षण गराएका सहयागी रमन सिवाकोटीले बताए।

नेपालमा अन्तर्राष्ट्रिय उडान नभएको अवस्थामा सन्दीप कुन फ्लाइटबाट जाने टुंगो लागिसकेको छैन। तर सिपिएल खेल्न सन्दिप एक साताभित्र उनी ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने सहयागी रमनको भनाइ छ।

उता पुगिसके पछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।
सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित छन्। उनी उक्त टिमको मार्की खेलाडी हुन्।
उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर ९एक करोड ५६ लाख रूपैयाँ०मा अनुबन्ध गरेको हो।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।

सिपिएलमा कुल ३३ खेल हुने छन्। कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्। सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।

उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटकको सिपिएल सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दा छ खेलमा आठ विकेट हात पारेका थिए।
यस पटकको सिपिएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ