पिएसजीका फरवार्ड खेलाडी केलियन एमबाप्पे घाइते

पिएसजीका फरवार्ड खेलाडी केलियन एमबाप्पे घाइते

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी ।
पेरिस सेन्ट जर्मेन ९पिएसजी० का फरवार्ड खेलाडी केलियन एमबाप्पे घाइते भएका छन्। उनको दायाँ गोलिगाठोमा समस्या देखिएको हो।
शुक्रबार फ्रेन्च कपअन्तर्गत सेन्ट इटियनविरुद्धको खेलमा एमबाप्पे घाइते भएका थिए। २१ वर्षीय एमबाप्पे डिफेन्डर लोइक पेरिनले फल गरेपछि पहिलो हाफमा मैदान छाड्न बाध्य भएका थिए।

यस्तै अगस्ट १२ मा पिएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्नेछ भने आगामी जुलाई ३१ मा फ्रेन्च लिग कपको फाइनलमा लियोनसँग खेल्नेछ ।
पिएसजीले एमबाप्पेको दायाँ खुट्टामा गम्भिर चोट लागेको बताएँदै केहि दिनमा सम्पूर्ण विवरण सार्वजनिक गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

एमबाप्पेले पिएसजीका लागि सिजनमा ३३ खेलमा २९ गोल गरेका थिए।
कोरोना भाइरसका कारण फ्रेन्च लिग वान अन्त्य भएपछि पिएसजीलाई उपाधि दिइएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ