काठमाडौँ , १२ साउन । सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार ५ सय पुगेको छ । आज सुनको मुल्य बढेसगै बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य आइतबार थियो।
चादीँको मुल्य पनि बढ्यो
आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेकोले त्यसको प्रत्यक्ष असर नेपाल िबजारमा परेको महासंघले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline