भेरी–बबई डाइभर्सन आयोजनाको लगानीमोडालिटीको टुंगो लाग्यो

भेरी–बबई डाइभर्सन आयोजनाको लगानीमोडालिटीको टुंगो लाग्यो

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाण्डौं, १२ साउन । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय  आयोजनाको लगानीमोडालिटी टुंगो लागेको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयले जनताको जलविद्युतकार्यक्रमअन्तर्गत कम्पनीमोडलमा लगानीमोडालिटीको टुंगो लगाएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीवर्षमानपुनअनन्तले कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्वद्ध सरोकारवालाहरुको बैठक डाकेर उक्तआयोजनाको लगानीमोडालिटीबारे छलफल गर्नुभएको थियो ।

बैठकमा मन्त्रीपुनले संघ, प्रदेश र स्थानीयतहतथा सरकार मातहतकानिकाय, आयोजनाप्रभावित र लाभग्राहीतथा सर्वसाधारणसमेतको लगानी रहने गरी लगानीमोडालिटी प्रस्तावगर्नुभएको छ । मन्त्रीपुनको लगानी प्रस्तावमा सहमति जुटेको जलश्रोत तथा सिंचाइमन्त्रालयका सचिव रवन्द्रिनाथश्रेष्ठले जानकारी दिनुभयो ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीयआयोजनाका संयोजकतथाऊर्जा मन्त्रालयका सह–सचिवमधुप्रसाद भेटवालका अनुसार संघबाट २६ प्रतिशत, कर्णालीप्रदेश सरकारबाट २० प्रतिशततथाआयोजनानिर्माण हुने सम्बन्धित स्थानीय तहबाट ५ प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशतहुनेछ ।

यस्तै देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णालीप्रदेशका सर्वसाधारणबाट १० तथाआयोजनाप्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशतलगानीहुने गरी ढाँचा तयार भएको भेटवालले बताउनुभयो । उक्तलगानी शेयरमार्फत हुनेछ । यसअघि सिंचाई

मन्त्रालयअन्तर्गतको सिंचाई विभागले मात्रलगानी
उक्तआयोजनाबाटबाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमाबाह्रै महिना सिंचाइ सुधिवा पु¥याउने लक्ष्यमन्त्रालयको छ । भेरी नदीको ४० मनमिटर (प्रति सेकेण्ड) पानीबबईमाफर्काएर यो आयोजनाको निर्माण हुनेछ । त्यसबाट ४६. ८ मेगावाट विद्युतउत्पादनहुनेछ । उक्तविद्युत रन अफ द रिभर आयोजनाबाटउत्पादनहुने करिब १ सय ५० मेगावाट बराबर हुने आयोजनाका संयोजक सह–सचिव भेटवालको भनाइ छ ।

हालआयोजनाको सुरुङ निर्माणको काम सम्पन्नभइसकेको छ भने हेडवक्र्स तथाविद्युत गृह निर्माण सुरु भएको छ । आर्थिक वर्ष २०७९÷८० माआयोजनानिर्माण सम्पन्नगर्ने लक्ष्य रहेको मन्त्रीपुनले बताउनुभयो । आयोजनानिर्माणको जिम्मेवारी मन्त्रालयअन्तर्गतको जलश्रोत तथा सिंचाइविभागलाई दिइएको छ । आयोजनानिर्माण सम्पन्न भएपछि त्यसको व्यवस्थापनतथा सञ्चालनभने शेयरधनीहरु संघ, प्रदेश, स्थानीयतह र सर्वसाधारणका प्रतिनिधि रहेको कम्पनीमार्फत हुनेछ । त्यसकालागि नेपाल सरकारको स्वामित्व रहने गरी ‘भेरी–बबई डाइभर्सन जलविद्युतकम्पनी’नामको सार्वजनिककम्पनी स्थापनागरिने भएको छ । आयोजनानिर्माणको संशोधितलागत ३३ अर्ब १९ करोड रुपैयाँ छ । जसमध्ये सिभिलनिर्माण कार्यकालागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाकालागि २ प्रतिशततथा इलेक्ट्रोमेकानिकलनिर्माण तथा जडानका लागि ११ प्रतिशत रकमलगानीहुनेछ । आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक ३. १० अर्ब तथा विद्युतबाट ३. २३ अर्ब गरी ६.३३ अर्ब रुपैयाँआम्दानीहुने अनुमानगरिएको छ । यस्तै आयोजनाबाट आमोद–प्रमोद, पर्यटन तथावातावरणीय फाइदालिन सकिने छ ।
सचिवको नेतृत्वमा समन्वय समिति
आयोजनालाई समन्वयात्मक रुपमा सञ्चालनगर्न भेरी–बबई डाइभर्सन बहुउद्देश्यीयआयोजना समन्वय समितिनामक संयन्त्र गठन गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने समितिमा कर्णालीप्रदेशकाप्रमुख सचिव, प्रदेश–५ सरकारकाप्रमुख सचिव, जलश्रोत तथा सिंचाई विभागकामहानिर्देशक, बबई सिंचाइआयोजनाकाआयोजनानिर्देशक र भेरी–बबई डाइभर्सन जलविद्युतकम्पनीकाप्रमुखकार्यकारी निर्देशक सदस्य रहनेछन् । उक्तसमितिले आयोजनानिर्माणका क्रममाआइपर्ने समस्या समाधानकालागि समन्वय र सहजीकरण गर्ने छ ।

बैठकमा मन्त्रीपुनले दैवीप्रकोप तथाकोभिड–१९ महामारीकाकारण आयोजनानिर्माणकार्य प्रभावितभएको भन्दै उक्तअवधिमाहुननसकेकाकामलाई तीव्रताका साथ अगाडि बढाउन निर्देशनदिनुभयो । ‘दैवीप्रकोप र कोभिड महामारीकाकारण आयोजनाको काममाअवरोध पुगेको छ’, मन्त्रीपुनले भन्नुभयो, ‘रोकिएको अवधिको समेत क्षतिपूर्ति हुने गरी तीव्रतामाकाम अगाडि बढाउनुपर्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ