सांसद यादवको उदाहरणीय कामः बीरगञ्जको नेपाल प्रवेशद्धारमा राष्ट्रिय ध्वजा सहित फ्लाग टावरको निर्माण !

सांसद यादवको उदाहरणीय कामः बीरगञ्जको नेपाल प्रवेशद्धारमा राष्ट्रिय ध्वजा सहित फ्लाग टावरको निर्माण !

आफ्नो तलब भत्ता समेत फ्लाग टावरमा खर्चिए यादवले

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

वीरगञ्ज, ९ साउन । आफ्नो निर्वाचन क्षेत्र र राष्ट्रिय जिम्मेवारीमा पनि उत्तिकै सक्रिय रहँदै आएका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटको दक्षिण तर्फ मुख्य सडकमै स्थापना गरिएको नेपालको राष्ट्रीय ध्वजा सहितको फ्लेग टावरको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
संघीय सांसद यादवको क्षेत्रका लागि छुटिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरिएको सय फिट उचाई भएको टावरमा स्थापना गरिएको ३० फिट लामो नेपालको राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको आज एक कार्यक्रमका बीच उद्घाटन भएको हो ।
भारत नेपाल जोडने मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगञ्जको शंकराचार्य गेट प्रवेश विन्दुमा आफनो देशको झण्डा स्थापना गरेर गर्वको अनुभुति भएको सांसद यादवले बताए ।
सांसद यादवले खुल्ला सिमाका कारण रक्शौल र वीरगञ्जलाई छुटयाउन नसकेर नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिक हरुलाई आफु नेपाल देशमा प्रवेश गरेको शुचकको रुपमा यस्ले मुख्य भुमिका निभाउने उनले बताए ।
उनले मधेश, मधेशी र अधिकारको लागी विगतमा भएको मधेश आन्दोलन लाई केहि तत्वहरुले जहिले पनी राष्ट्रीयता संग जोडेर जनतामा शंका उत्पन्न गराउने लाई यो राष्ट्रीय ध्वज निर्माण गरेर चुनौती दिएको बताए ।
भारत तथा अन्य तेस्रो मुलुक बाट आउने आगन्तुकहरु नेपाल प्रवेश गर्ने वितिकै फरफराई रहेको झण्डा हेर्ने वितिकै नेपाल प्रवेश गरेको अनुभुति गराउने उद्देश्यले यो राष्ट्रीय ध्वजा सहितको फ्लेग टावरको उद्घाटन गरेपछि आफु गौरवान्वित महसूस गरेको सांसद यादवले बताए ।


सांसद यादवको संसदीय पुर्वाधार विकास कोषबाट १० लाख र उनको तलब भत्ताको रकम बाट ३ लाख ६२ हजार रूपैयाको सहयोगमा फ्लयाग टावरको निर्माण गरिएको हो । तत्कालीन संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की,जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पंत,वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामदरश प्रसाद कुशवाहा, कार्य पालिका सदस्य सुशील साह कानु, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो ‌। कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।
सासद यादवको यो उदाहरणीय कार्यको स्थानीय क्षेत्रबाट प्रशसा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी