करदाता सेवा कार्यालय सङ्खुवासभाले लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल

करदाता सेवा कार्यालय सङ्खुवासभाले लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

सङ्खुवासभा, ९ साउन । करदाता सेवा कार्यालय खाँदबारीले आर्थिक वर्ष २०७६/७७ मा गत आर्थिक वर्ष २०७५/७६ भन्दा ६८.६४ प्रतिशत भन्दा बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ ।

गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत लाभकरलगायतका शीर्षकबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ती शीर्षकमा कूल १४ करोड ६७ लाख राजश्व सङ्कलन भएको थियो ।

करदाता सेवा कार्यालय खाँदबारीमा हाल व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या पाँच हजार ७६६, व्यावसायिक लेखा नम्बर लिने करदाता चार हजार ६६८ रहेको र ७४९ जना सेवाग्राहीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको कर अधिकृत राजन विकले जानकारी दिनुभयो ।

लामो समयदेखि मुलुक कोभिड–१९ का कारण लकडाउन भएसँगै राजश्व उठाउनसमेत हम्मेहम्मे परिरहेको बेला करदाता सेवा कार्यलय सङ्खुवासभाले भने यस आवमा बढी राजश्व उठाउन सफल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ