एजेन्सि। इटालियन लिग फुटबल प्रतियोगिता ‘सिरी–ए’ मा शिर्ष स्थानको युभेन्टस युडिनेजीसँग १–२ लेपराजित भएको छ ।
गएराति भएको खेलमा युडिनेजीसँग पराजित भएपछि युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने भएको छ ।
युडिनेजीको घरेलु मैदानमा भएको खेलमा ४२ औं मिनेटमा माटियास डे लिग्टले गोल गर्दै युभेन्टसलाई अग्रता दिए । तर दोस्रो हाफमा युडिनेजीका इलिजा नेस्तेरोभ्सकी र सेको फोफानाले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।
गएरातिको खेलमा पराजित भएपछि युभेन्टसले सिरी ए को उपाधि जित्न अर्को खेलसम्म कुर्नुपर्ने भएको छ ।
उपाधिका लागि युभेन्टसलाई ३ अंकको आवश्यकता रहेको छ ।
युभेन्टस लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने तयारीमा छ । यो उपाधि युभेन्टसका लागि किर्तीमानी ३६ औं सिरी ‘ए’ उपाधि हुनेछ ।
जारी सिजनमा ३५ खेलबाट युभेन्टसको ८० अंक छ भने समान खेल खेलेको एटलान्टा ७४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।