राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई प्रशिक्षणका लागि साउन १७ गतेसम्म काठमाडौँ आइपुग्न एन्फाको आग्रह

राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई प्रशिक्षणका लागि साउन १७ गतेसम्म काठमाडौँ आइपुग्न एन्फाको आग्रह

  • बिहिबार, साउन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ , ८ साउन । अखिल नेपाल फुटबल सङ्घ एन्फा खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो ।

एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ । राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौँ बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताउनुभयो ।

साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उहाँले बताउनुभयो । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ । उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गर्नुभयो । खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ । त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ ।

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लागैसगै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले बुधबार लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । खेलाडीका लागि प्रशिक्षण अति आवश्यक भएकाले आफूहरु सरकारको निर्णयको पर्खाइमा रहँदै आएको राईले बताउनुभयो ।
नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ ।
यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसी सित अनुमति मागेको थियो । एन्फाले फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो ।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ एएफसी ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो ।

खेलाडीहरु प्रशिक्षण गर्न पाउने भएपछि उत्साहित भएका छन् । लामो समयदेखि प्रशिक्षणको पर्खाइमा रहेको र अब केही राहत मिलेको राष्ट्रिय फुटबल टोलीका खेलाडी विक्रम लामाले बताउनुभयो । लकडाउन खुलेसँगै खेल्ने वातावरण बन्नेमा आफू आशावादी बनेको उहाँले उल्लेख गर्नुभयो । घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती रहेको उहाँको बुझाइ छ । नेपाली टोलीले अबका खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याउने लामाले बताउनुभयो ।

पुरुष टोलीलाई प्रशिक्षका लागि तयारी अवस्थामा रहन एन्फाले निर्देशन दिए पनि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणको भने कुनै टुङ्गो छैन । राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले महिला खेलाडीको प्रशिक्षण अन्योलमा रहेको बताउनुभयो । प्रशिक्षणबारे कुनै जानकारी प्राप्त नभएको उहाँले उल्लेख गर्नुभयो । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ