काठमाण्डौं, ८ साउन । सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन अनुरोध गरेको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीवर्षमानपुनअनन्तले ऊर्जा क्षेत्रमाबंगलादेश सरकार तथानिजी क्षेत्रकालगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबार स्थितमन्त्रालयमा भएको बिदाई भेटमा मन्त्रीपुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी मैत्रीवातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नु भयो । राजदूत साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदै छिन् ।
भेटमा नेपाल र बंगलादेश बीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्रीपुनले त्यसलाई दुई देशबीचऊर्जा व्यापारका लागिकोशे ढुंगाको संज्ञा दिए ।
नेपाल र बंगलादेशबीच २०७५ सालभदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुलीखरिद गर्ने सम्बन्धीद्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस अघि मन्त्रीपुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
मन्त्रीपुनले राजदूतसाम्सको कार्यकालमाद्विपक्षीय कूटनीतिक रऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी भएको भन्दै प्रशंसा गरेका थिए ।
कोभिड–१९ काकारण रोकिएकाउच्चस्तरीय भ्रमणहरु महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमालगानीको ठोस खाकाबारे वार्ता हुने जानकारी राजदूत साम्सले दिईन् ।
यस्तै राजदूत साम्सीले मन्त्रीपुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बंगलादेश भ्रमणको निम्तासमेत दिएकी थिईन् ।
मन्त्रीपुनले कार्यकाल सकाएर फर्किए पनि भ्रमणका लागि नेपाल आउन आग्रह गरेका थिए ।