साउन ५ काठमाण्डौं । भारतबाट अवैध रुपमा ल्याईएको नेपालमा प्रतिवन्धित माछा क्याट फिस प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५८ सय २० के.जी. माछा बरामद गरी नष्ट गरेको हो । गत शुक्रबार अपरान्ह ५ बजे इनरुवा ४ बाट भारतिय नम्बर प्लेटको WB 25 J 6141 नम्बरको ट्रकमा लोड गरी ल्याएको माछा प्रहरीले बरामद गरेको थियो ।
भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईए पछि ट्रक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै ट्रक र ट्रक चालक भारत पश्चिम वंगाल स्वरुप नगर बस्ने २४ वर्षीय मोहम्मद इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी सेतु वन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको र बरामद गरिएको माछा पशु पंक्षी तथा सत्स्य विकास निर्देशनालयको रोहोवरमा खाडल खनि नष्ट गरिएको प्रहरीले जनाएको छ।