लकडाउनले विश्वकै ठूलो रेडलाईट एरियामा, यौनकर्मीहरु आमदानी बिहीन !

लकडाउनले विश्वकै ठूलो रेडलाईट एरियामा, यौनकर्मीहरु आमदानी बिहीन !

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

एजेन्सी साउन ६ । नेदरल्याण्डको एम्सटारडममा रहेको ठूलो रेडलाईट एरियामा यौन व्यवशाय गरेर जीविकोपार्जन गर्ने महिलाहरु आमदानी विहिन हुन पुगेका छन् । मध्यमार्चदेखि लकडाउनका कारण रेडलाईट क्षेत्रहरु भूत शहरमा परिणत भएका छन् । सयौं महिलाहरु विना कुनै आमदानी जीवन गुजाराको संकटमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डि वालेन लगायतका ऐतिहासिक यौन सुविधा सहितका पर्यटकीय क्षेत्रहरुमा महिनामा दश लाख बढी पर्यटकहरु आउने गर्दथे । तर अहिले ती शहरहरु सुनसान रहेको देखिएको छ ।
लकडाउन शुरु भएर व्यवशाय चौपट भए पछि पूर्वी युरोपका धेरै यौनकर्मी महिलाहरु घर फर्किएको सिएनएनले जनाएको छ ।
त्याहाँको सरकारले यौन कर्मी महिलाहरुलाई मासिक १२ सय डलर अनुदान सहायता दिए पनि त्यसले जीवन धान्न धौ धौ परेको पीडा उनीहरुले सुनाएका छन् ।
लकडाउनका कारण संसारभर लाखौँ यौनकर्मी महिलाहरुको जीवन कठिन बनेको यस अघि पनि अध्ययनहरुले देखाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी