-बुद्ध शरण शाही
काठमाडौँ। दिन दुखि असहाय बिपन्न बर्गलाई निशुल्क आँखाको उपचार गर्दै आएको युवा नेत्र सेवाले २४ औ साधारण सभा सम्पन्न गरेको छ। शनिवार भएको साधारण सभामा सामाजिक सेवामा लामो समयबात निरन्तर अतुलनीय योगदान गर्दै आएका समाज सेवी सुरेन्द्र ढकाल , डा. सुधिर गौतम , डा. उर्मिला शाक्य ,अनिल महर्जन ,गुजेश्व्री श्रेष्ठ , समेंद्र मल्ल को बिशेष आतिथ्यता रहयो।
कार्क्रममा वक्ताहरुले सामाजिक सेवामा आफुले भोगेका विभिन्न अनुभवहरु र धारणा राख्नु भयो।
दीनदुखी, असहाय , बिपन्न बर्गलाइ नि : आँखा उपचार प्रदान गर्ने उदेस्यले तीन दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा हाल विश्वका १७ वटा बिभिन्न देश हरुमा सदस्य सहित ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।
युवा नेत्र सेवाका अध्यक्ष बरिष्ठ नेत्र रोग बिशेसज्ञ सिद्धार्थ रञ्जितले हालसम्म २०४ जना आजीवन सदस्य रहेको जानकारी दिए। उहाले मानव सेवामा सहयोग भाबनामा सस्थामा अबद्द रहेका सम्पूर्ण सदस्यलाई धन्बाद दिनु भयो। “ हामि मानव प्राणीले आफुले दैनिक आय आर्जन बात केहि दिन दुखिकोलाई दान दिनु हाम्रो सामाजिक दायित्व हो। , आगामी दिनहरुमा इमान्दार अनुशासित सदस्यहरुको सहयोगमा अझ बढी समाज सेवामा अगाडी बढ्ने हाम्रो लक्ष् छ। ” उहाले बताउनु भयो ।
सस्थाले हालसम्म काठमाडौँ वरपर बिभिन्न स्थानमा गएर दुइ हजार भन्दा बढीको नि:शुल्क आँखाको मोतिबिन्दु उपचार गरि सकेको छ।