प्रभु बैंकद्वारा रसुवाको भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाखभन्दा बढीको आर्थिक सहयोग

प्रभु बैंकद्वारा रसुवाको भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाखभन्दा बढीको आर्थिक सहयोग

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ। प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि उद्धार, राहत तथा पुनस्थापनाको काममा सहयोग पुऱ्याउन दुई करोड ११ लाख ११ हजार एक सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको छ।

गएको भाद्र १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दाहरूलाई ठूलो मानवीय तथा भौतिक क्षति पुऱ्याएको थियो। उक्त अकल्पनीय विपद्‌को दुखद घडीमा पीडित परिवारको सहायताका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो वित्तीय सहयोग उपलब्ध गराएको हो।

भाद्र १६ गते अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुमन शर्माले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रू. २,११,११,१११/- को चेक हस्तान्तरण गर्नुभयो।

उक्त कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।

सो अवसरमा प्रभु बैंक परिवारले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाहरूको खोजि तथा उद्धारको कामना गरेको छ। साथै, प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना प्रकट गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी