५ साउन । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा सातौँ पटक गोल्डेन बुट जितेका छन् ।उनले यो सिजनको ला लिगामा सर्वाधिक २५ गोल गरेका हुन् ।
गएराति भएको खेलमा मेस्सीले आलाभेज विरुद्ध दुई गोल गरेसगै ला लिगामा सर्वाधिक २५ गोल गरेका छन्। गएरातिको खेलमा बार्सिलोनाले आलाभेजलाई ५–० ले पराजित गरेको छ ।
योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जमा दोस्रो स्थानमा रहे ।
ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाएका हुन् ।
गोल्डेन बुट जिते पनि मेस्सीले यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन भने सकेनन् ।
यो सिजनको ला लिगाको उपाधि रियल मड्रिडले जितेको भएपनी अन्तिम खेलमा भने रियाल मड्रिडलाई लेगानेजले २–२ गोलको बराबरीमा रोकेको छ ।