बन्दाबन्दीले गर्दा कञ्चनपुर भन्सार कार्यालयको राजश्व सङ्कलनमा कमी, ५० प्रतिशतले सङ्कलनमा कमी

बन्दाबन्दीले गर्दा कञ्चनपुर भन्सार कार्यालयको राजश्व सङ्कलनमा कमी, ५० प्रतिशतले सङ्कलनमा कमी

  • सोमवार, साउन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

महेन्द्रनगर, ५ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६÷०७७ मा रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य राखेपनी रु २५ करोड ८४ लाख मात्र राजश्व संकलन गरेको हो । यो संकलन लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले कमी हो ।

कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माका अनुसार बन्दाबन्दी लगायतका कारणले राजश्व संकलनमा कमी आएको हो ।

केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । “बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ”, निमित्त कार्यालय प्रमुख शर्माले रासससित भन्नुभयो, “अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।”

गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।
“वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्”, शर्माले भन्नुभयो, “बन्दाबन्दी खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन ।” उहाँले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताउनुभयो ।
भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षमा रु ३४ करोड २० लाख राजश्व उठाउने लक्ष्य लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ