साउन ४ काठमाण्डौं । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित लगानीकर्ताले खरीद बिक्रीमा बढी सहभागीता जनाएको देखिएको छ ।
आज शेयर बजारमा उच्च वृद्धि भएपछि आज तीन पटक सर्किट ब्रेक लगाउनु परेको छ । बजार खुलेको छ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत बढेको थियो । त्यस पछि २० मिनट कारोबार स्थगित गरिएको थियो ।
पुनः खोलिएको बजार फेरी उकालो लागे पछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। त्यसपछि खुलेको बजार एक मिनेटमै एक प्रतिशत बढेपछि फेरि दोस्रो सर्किट लागेको थियो । त्यस पछि पुनः ४० मिनट स्थगित गरेर शुरु भएको कारोबार फेरी उकालो लागे पछि बजारै बन्द भएको थियो । जम्मा ६ प्रतिशतले आज शेयर उकालो लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline