छारुगंमा हेलिकप्टरबाट चामल पुगेपछि जनता खुसी !

छारुगंमा हेलिकप्टरबाट चामल पुगेपछि जनता खुसी !

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

साउन ४ दार्चुला । सधैँ भारतीय बजारबाट खाद्यन्न ल्याएर जीविका धानिरहेका दार्चुलाको सीमा क्षेत्र छारुगंबासी यस पटक खुसीले गद्गद् भए । उनीहरुले यस पटक नेपाली भएको महसुस गरे । जब हेलिकप्टरबाट चामलका बोरा निकालियो ।
कहिले काँही चीनपट्टिीको नाकाबाट पनि सामान ल्याउने गरिए पनि लकडाउनका कारण अहिले बन्द छ ।
अहिले नेपाल भारत सीमा विवाद बढे पछि शसस्त्रको बोर्डर आउट पोष्ट राखिएसगैँ हेलिकप्टरबाट खाद्यन्न ढुवानी गरिएको हो । हालै शसस्त्रको हेलिकप्टरबाट चामल त्याहाँ पुर्याईए पछि स्थानीयवासी खुसी भएका हुन् ।

व्यास गाउँपालिकाका छाङरु र टिंकर गाउँ दार्चुला सदरमुकामबाट निकै टाढा रहेको छ ।
यस अघि भारतको गर्ब्याङ बजारबाट रासन लिएर खाने स्थानीयले यस पटक भने गाँउपालिकाको पहलमा दुई सय क्वीन्टल चामल त्याहा पुगेको छ ।

सरकारले छाङरु र टिंकर गाउँका लागि ६० सालसम्म बर्सेनि ३ सय क्विन्टल चामल ढुवानी गर्दै आएको थियो । घोडेटो राम्रो हुनाले चामल नियमित ढुवानी हुन्थ्यो । तर द्धन्दका कारण त्यो बन्द भएको थियो ।
सो क्षेत्रका बासीलाई ५१ रुपैयामै प्रतिकिलो चामल सरकारले दिएको छ । २ सय ४९ रुपैया ९८ पैसा प्रतिकिलो ढुवानी अनुदान दिए पछि जनताले सस्तोमा चामल खान पाएका छन् ।

हेलिकप्टरबाट ढुवानी गरिएको चामल वडा कार्यालयको जिम्मा लगाएर बिक्री भइरहेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ