प्रदेशसभाको बैठकले ‘प्रदेश सार्वजनिक सडक’को विधेयक सर्वसम्मतिले पारित

प्रदेशसभाको बैठकले ‘प्रदेश सार्वजनिक सडक’को विधेयक सर्वसम्मतिले पारित

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

विराटनगर , २ साउन । प्रदेश नं १ को आज बसेको प्रदेशसभाको बैठकले ‘प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्विरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि बैठकमा विधेयकका सम्बन्धमा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिँदैं राज्यन्त्री गुरुङले सडकको मापदण्ड र सीमा निर्धारण हुने भन्दै सडकहरू सार्वजनिक सडक ऐनको अनुसार हुने बताउनुभयो ।

उक्त विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, जयराम यादव, प्रतापप्रकाश हाङ्गाम, वशन्तीदेवी यादव, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, बलबहादुर साम्सुहाङ, राजकुमार ओझा र शान्ता पौडेलले विधेयक सार्वजनिक सडकको सम्बन्धमा स्पष्ट हुनुपर्ने भन्दै प्रादेशिक राजमार्ग र लोकमार्गको सम्बन्धमा स्पष्ट मापदण्ड र सीमा निर्धारण हुनुपर्ने बताउनुभयो ।

उहाँहरूले सडकमा हुने लगानीबाट आम नागरिक लाभान्वित हुनुपर्ने भन्दै सडक दुर्घटना कम गर्ने र सडक सुशासन कायम हुने विधेयक हुनुपर्ने जोड दिनुभयो । यो विधेयकमा सङ्घीय सरकारका मातहतमा हुने सडक र प्रदेश सरकारको मातहतमा हुने सडकबारे स्पष्ट हुनुपर्ने भन्दै एक पालिकाबाट अर्को पालिका जोड्न बन्ने सडकलाई विधेयकले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

शून्य समयमा मुलुकको समसामयिक विषयमा बोल्दै प्रदेशसभा सदस्य कृष्णकुमारी राईले सरकारले ७० वर्ष उमेर पुगेकालाई मात्र सामाजिक सुरक्षा भत्ता दिने निर्णय सच्याउनु पर्ने माग गर्नुभयो । उहाँले भारतीय सेनामा भर्ना भएका नेपाली नागरिक जागिरबाट अवकाश पाएपछि उहाँहरूलाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बोल्नुभयो ।

सदस्य गोपालचन्द्र बुढाथोकीले झापाको निर्वाचन क्षेत्र नं।१ मा जङ्गली हात्तीले दुःख दिँदा हुने पीडालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । सदस्य लीलाबल्लभ अधिकारीले विराटनगर महानगरपालिकाभित्र रहेका दरैया बस्तीका राजेश क्रृषिदेवमाथि भएको आक्रमण र त्यसपछि भएको मृत्युको विषयमा सरकारले छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।
सदस्य शिवनारायण गनगाँईले मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीमाथि आज बिहान कार्यालयमै भएको आक्रमणका दोषीमाथि कारवाहीको माग गर्नुभयो ।
प्रदेशसभाको अर्को बैठक भने साउन ४ गते दिउँसो १ बजे बस्ने भएको छ । ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ