एक आर्थिक बर्षमा मेची भन्साबाट आठ अर्ब राजस्व उठ्यो

एक आर्थिक बर्षमा मेची भन्साबाट आठ अर्ब राजस्व उठ्यो

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन २ काकडभिट्टा । मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७६÷७७ मा आठ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६ सय १२ रुपैया राजश्व सङ्कलन गरेको जनाएको छ । यो लक्ष्यको ६३.१२ प्रतिशत मात्र हो । कार्यालयले आव २०७६÷७७ मा रु १३ अर्ब २४ करोेड एक लाख ९९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताउनु भयो ।

सरकारले अघिल्लो आवमा पूर्वी नाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएको र बन्दाबन्दीका कारण राजश्व सङ्कलनमा असर परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याङ्कीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको रु एक अर्ब १० करोड राजश्व प्रभावित बनेको कार्यालयको भनाइ छ । गत चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेको भए पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वी नाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प थिए ।

गत चैत २६ देखि वैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सारर कार्यालय काँकरभिट्टाले रु एक अर्ब १० करोड राजश्व गुमाउनुपरेको कार्यालयले जनाएको छ । लकडाउन यता पूर्वी नाका भएर सबैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएपनि मुख्य राजश्व धान्ने हवाई इन्धन र ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको आयात शून्य झै भएको भन्सार अधिकारी बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ