काठमाडाैं, २ साउन । नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेकाे मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ।
उहाँले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५% बढाएर ७०% पुर्याएको हो ।
यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा सहयोग पुग्ने लगानीकर्ताहरुले गरेका छन्।
कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ ।
कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । उहाँले यतिबेला मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ ।राष्ट्र बैंकले बिग मर्जरलाई स्वेच्छिक गरेको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ।
https://www.mirmireonline.com/wp-content/uploads/2020/07/Monetary_Policy_in_Nepali-2077%E0%A4%AE%E0%A5%88%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-mirmireonline.com_.pdf