रियलले जित्यो लालीगाको उपाधी

रियलले जित्यो लालीगाको उपाधी

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

साउन २ एजेन्सी । रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको हो ।

गएरातीको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । भियारियालका भिन्सेन्ट इबोराले एक गोल फर्काए ।

यो जितसँगै रियालले सिजनमा एक खेल बाँकी छँदै ला लिगाको उपाधि पक्का गरेको हो । प्रशिक्षकको रुपमा जिनेदिन जिदानको यो दोस्रो लिग उपाधि हो ।

तीन वर्षको रियाल बसाईमा जिदानले टोलीलाई कुल ११ उपाधि दिलाएका छन् । रियालमा सर्वाधिक सफल खेलाडीमध्येका एक जिदानले अब आफुलाई सफल प्रशिक्षकको सूचीमा पनि दर्ता गराएका छन् ।

जिदानले रियाल मड्रिडलाई सरदर १९ खेलमा एक उपाधि दिलाएका छन् । रियाल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।

कोरोना भाइरसको महामारीपछि गत जुन महिनामा पुनः सुरु भएको ला लिगामा रियालले लगातार १० खेलमा जित निकालेको छ ।

लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा बार्सिलोनालाई ओसासुनाले २–१ ले पराजित भयो ।

ला लिगामा एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियाल मड्रिडको ८६ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ