पर्सा, ३१ असार / यातायात व्यवस्था कार्यालय नारायणी स्थित रहेको ग्लोबल आई एम ई बैंकको शाखाले कोरोनाको महामारीका बीच सामाजिक दुरी र आवस्यक सुरक्षाको मापदण्ड विनै ग्राहकहरुको भीड लगाएको छ ।
यसले कोरोना संक्रमणको जोखिम बढ्ने स्थानीयले चिन्ता गर्न थालेका छन् । विश्वभरी फैलिएको कोरोना भाइरसको बेला यातायात व्यवस्था कार्यालय नारायणी स्थित रहेको ग्लोबल आई एम ई बैंकमा प्रति दिन भिडभाडले कोरोना संक्रमितहरुको संख्यामा बृद्धि हुन सकिने आशका बढेको छ ।
मुलुक लगायत विश्वभरी फैलिएको कोरोना भाइरसले सर्वसधारणमा त्रास फैलिएपनि सरकारी कार्यालयहरुमा भिडभाड नियन्त्रण गर्न कुनै व्यवस्था नभएको हेरिएको छ । नेपाल सरकारले जारी गरेको लक डाउनको समयमा सरकारले खुकुलो गर्न आदेश दिएपनि सरकारी कार्यालयहरुमा कुनै व्यवस्थित नै नगरेको कारण भिडभाड भइरहेको जनाइएको छ । यातायात कार्यालयमा कर तिर्न आएका एक जना सर्वसधारणका अनुसार यातायात व्यवस्था कार्यालय नारायणी स्थित रहेको ग्लोबल आई एम ई बैंकको भिडमा कोरोना संक्रमित फैलिन सक्ने बताएका छन् । नेपाल सरकारले लक डाउन खुकुलो गर्न आदेश दिएपनि सरकारी कार्यालयका कर्मचारी बेवास्ता गर्नुको साथै लापरवाह भएको बताए ।

नेपाल सरकारले लक डाउन खुकुल्लो बनाएपनि सरकारी कार्यालयहरूमा भिडभाड नियन्त्रण हुन नसकेको अर्का सर्वसाधारणले बताए । उनका अनुसार सरकारी कार्यालयहरूले कुनै किसिमको व्यवस्थित नगरी दिदा भिढभाड बढेको जनाए । जसका कारण यातायात व्यस्था कार्यालय नारायणीमा आउने सर्वसाधारणलाई यस्तो समयामा चुनौतीको सामना गर्नुपर्ने बताए ।
यातायात व्यवस्था कार्यालय नारायणी स्थित रहेको ग्लोबल आई एम ई बैंकमा भिडभाड भएपनि अनुगमन गर्ने निकाय मौन रहेका छन् । यस बिषयमा समबन्धीत निकायको समयमै ध्यान नपुगे कोरोना भाइरस झन तिब्र रुपमा फैलिन सक्ने त्रास बढेको छ ।
