अन्तरराष्ट्रिय निर्णायक खड्का उत्कृष्ट निर्णायक

अन्तरराष्ट्रिय निर्णायक खड्का उत्कृष्ट निर्णायक

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ३१ असार । नेपालका अन्तरराष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तरराष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका निर्णायक सहभागी थिए । प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभागी नेपालका आठ खेलाडीले पदक प्राप्त गरेका छन् । नेपालले एक स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको हो । मधुसूदन सापकोटाले स्वर्ण जित्नुभएको हो । उहाँले ४० वर्षमाथि उमेर समूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी एनटिए का अध्यक्षसमेत रहेका खड्काले बताउनुभयो ।

यस्तै नेपालकी प्रगति कुइँकेलले १३–१४ उमेर समूह तथा आयुश बोहराले १५–१७ उमेर समूहतर्फ रजत जित्नुभयो । यसैगरी १०–१२ उमेर समूहमा भिजन तामाङ र यु–९ तर्फ प्रवीण श्रेष्ठले कास्य जित्नुभयो । यसैगरी १८–३९ उमेर समूहमा पुष्पप्रसाद गौतम र चन्दु शाहीले रजत जित्नुभयो । महिला १५–१७ उमेर समूहमा अस्मिता नगरकोटीले कास्य जित्नुभयो । मङ्गलबार सम्पन्न प्रतियोगितामा १२ देशका ३७५ खेलाडीको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ