भारतबाट मुल्य बढेर आए पछि निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य

भारतबाट मुल्य बढेर आए पछि निगमले बढायो पेट्रोलियम पदार्थको मुल्य

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, असार २६ । भारतबाट आईओसीले मुल्य बढाएर पेट्रोलियम पदार्थ पठाए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

यसअघि सरकारले असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाइएको हो ।

अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ, डिजेल र मटितेलाई ८८ रुपैयाँ तिर्नुपर्नेछ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ