एन्फाद्धारा सेनाको खेल मैदानको स्तर सुधारका लागि १४ लाख ५६ हजार सहयोग

एन्फाद्धारा सेनाको खेल मैदानको स्तर सुधारका लागि १४ लाख ५६ हजार सहयोग

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

असार २६ काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । हस्तान्तरण गरिएका सामग्रीमा विशिष्ट व्यक्ति रहने प्यारापिटमुनि रहेको कोठामा खेलाडीका लागि लकर, फिजियोथेरापी बेड, रेफ्रिजिरेटर, ऐना, सोफा, टेबल लगायत छन् । एन्फाले त्यहाँ रहेका तीन कोठामा गलैँचा, झ्यालमा ट्रान्स लुसेन्ट स्टिकर तथा रङरोगसमेत गरी सेनालाई हस्तान्तरण गरेको छ ।अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगितामा अभ्यासका लागि उक्त खेल मैदान सुविधायुक्त बनाउने प्रयास भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ