नियमावली मस्यौदा समिति गठन

नियमावली मस्यौदा समिति गठन

  • बिहिबार, असार २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २५ असार । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् राखेप का कार्यवाहक सदस्य–सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेको छ ।

मन्त्रालयले हाल खेलकुद विभाग महाशाखाका प्रमुख समेत रहनुभएका ढकालको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको हो ।

समितिलाई एक महिनाभित्र नयाँ ऐनको कार्यादेश बनाउन मन्त्रालयले निर्देशन दिएको छ । उक्त समितिका सदस्यहरुमा मन्त्रालयको प्रशासन शाखा प्रमुख सागर रोक्का, आर्थिक प्रशासन शाखा प्रमुख नवराज घिमिरे र कानुनी शाखाका प्रमुख सिम्जा डङ्गोल छन् । यस्तै उक्त समितिमा राखेपको एक जना प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट एक जना तथा एक जना विज्ञ रहने व्यवस्था गरिएको छ ।

खेलकुद विकास ऐन, २०७७ कार्यान्वनयमा आएपछि नियमावली मस्यौदा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता मानबहादुर विकेले बताउनुभयो । समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी नियमावली बनाउने छ । नयाँ खेलकुद विकास ऐन, २०७७ यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ