खेल सङ्घले एन्टी डोपिङ नियम बनाउनुपर्ने

खेल सङ्घले एन्टी डोपिङ नियम बनाउनुपर्ने

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, २४ असार । नेपाल ओलम्पिक कमिटी एनओसीले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्समार्फत आज सङ्घका पदाधिकारीसित भएको छलफलमा एनओसीले उक्त निर्देशन दिएको हो ।

सङ्घहरुलाई आगामी साउन मसान्तसम्म एन्टी डोपिङ नियम बनाएर प्रतिवेदन नेपाल एन्टी डोपिङमा बुझाउन एनओसीले निर्देशन दिएको छ । सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त नियमलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले एन्टी डोपिङ नियम बनाउन सङ्घलाई सहयोग गर्ने बताउनुभयो ।

छलफलमा एनओसीमा आबद्ध २७ खेलकुद सङ्घका पदाधिकारीको सहभागिता थियो । सो अवसरमा कमिटीका मेडिकल कमिसन प्रमुख सरोजकृष्ण श्रेष्ठले सङ्घका सबै अध्यक्ष र महासचिवलाई नयाँ नियमबारे जानकारी गराउनुभएको थियो । सन् २०२१ को विश्व एन्टी डोपिङ कोडको आर्टिकल १८ अनुसार सबै खेल सङ्घले आफ्नो एन्टी डोपिङ नियम बनाउनुपर्ने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ