वीरगंजको व्यपारी भोकै मर्ने कगारमा !

वीरगंजको व्यपारी भोकै मर्ने कगारमा !

  • बुधबार, असार २४, २०७७
  • दिपक चौरसिया

  • 24.2K
    SHARES

पर्सा, २२ असार । वीरगंज महानगरपालिका भित्र रहेका बिभिन्न पसल संचालकहरु प्रहरी र महानगरपालिकाको आदेश र कर्तुतले व्यपारीहरु भोकै मर्ने कगारमा छन् । कोरोना महामारीको बेला बिगत ४ महिनादेखी बन्द रहेको पसल संचालनमा आएपनि ट्राफिक व्यवस्थापनले गर्दा आफुहरु मारमा परेका हुन ।
वीरगंजको घण्टाघरदेखी माइस्थानसम्म ट्राफिक प्रहरी र नेपाल प्रहरीले घेराबन्दी गरेपछि करिब ५ सय भन्दा बढी पसल संचालकहरु मारमा परेका छन् । पहिलादेखी नै सवारी साधन लगायत सडक छेउमा लाग्ने गरेपनि हालको समयमा घण्टाघर पार्किङ र आदर्शनगर निर्धारण गरे पश्चात घण्टाघरदेखी माइस्थानसम्मको पसल संचालक मारमा परेका छन् । स्थानीय पसल संचालकले कोरोनाको महामारीमा बिगत ४ महिनादेखी बन्द रहेको पसल खोल्दापनि बिहानदेखी बहनी समेत नहुने गरेको बताए । उनका अनुसार लक डाउनको समयमा सरकारले सुविधा दिनुपर्ने सुविधा नदिएपनि हालको समयमा ट्राफिक व्यवस्थापनको नाममा आफुहरु भोकै मर्ने कगारमा पुगेको बताए ।
बर्षौदेखी संचालन गर्दै आएको पसल विगत ४ महिनादेखी बन्द रहदा आर्थिक संकट आइसकेको भएपनि स्थानीय जनप्रतिनिधि लगायत प्रहरीहरुले आफ्नो व्यपार व्यवसाय बन्द गर्नतर्फ लागेको स्थानीय वयपारीले आरोप लगाए । यस बिषयमा आफु लगायत घण्टाघरदेखी माइस्थानसम्मका पसल संचालकहरु उद्योग बाणिज्य संघ पुग्ने बताएका छन् । व्यपार व्यवसाय गरी बसेका पसल संचालकहरुले वीरगंज महानगरपालिका र प्रहरीले वीरगंजको मुल सडकमा पर्ने घण्टाघरदेखी आदर्शनगर चौकसम्मको सडक छेउबाट पार्किङ हटाउनुको साथै मात्र घण्टाघरदेखी माइस्थानसम्मको सडक किनार घेराउ गर्नु दोधारो नीति रहेको बताए ।

पार्किङ स्थललाई प्रहरीले करिब एक हप्तादेखी बन्द गरेपछि व्यपार व्यवसायमा प्रति दिन लाखौ बराबरको घाटा बेहोर्नु परिरहेको व्यपारीहरु बताउछन् । पार्किङ स्थल नै प्रहरीले बन्द गर्दा आउने ग्राहक वर्ग सिधै आदर्शनगर बजार पुग्ने गरेका छन् । आदर्शनगर चौकमा सडक छेउमै पार्किङ गर्न सकिने प्रावधान रहेकोले आदर्शनगर स्थित रहेका पसलहरुमा भिड भाड हुन थालिएका छन् भने घण्टाघरदेखी माइस्थानसम्मका पसलहरु सुनसान बनेका छन । मोटरसाइकल पार्किङ समेत हटाइएको कारण दिनहु लाखौको घाटा बेहोर्नु परेको पसल संचालकले बताएका छन् ।
उद्योग बाणिज्य संघ पर्साका अध्यक्ष गोपाल केडियाले वीरगंजलाई व्यवस्थित बनाउन जरुरी रहेपनि कसैको पिरमर्का नै नबुझि महानगरपालिकाले अगाडी बढेको बताउनु भयो । उहाले आफु बाहिर रहेको कारण आफुलाई केही जानकारी नै नगराई निर्णय गरिएको बताउनु भयो । उहाले कसैको पिर मर्कालाई बुझि कदम चाल्नु पर्ने बताउनु भयो । उहाले नाकाबन्दी र लक डाउनको समयमा सबै भन्दा पिर परेका वीरगंज व्यपारीहरु माथिको मर्मलाई बुझदै अगाडी बढिने बताउनु भयो । उहाले प्रतयेक पसल अगाडी पसल भित्र छिर्न दिन मापदण्ड बनाईने बताउनु भयो ।
यता ट्राफिक प्रहरी निरीक्षक कमलराज पडितले वीरगंज महानगरपालिकाका अध्यक्ष बिजय कुमार सरावगीको अध्यक्षतामा बसेको बैठकले असार १ गतेदेखी व्यवस्थित वीरगंज बनाउने योजना अन्तर्गत टु वेमा गाडी पार्किङ गर्न नदिने सहमति पश्चात, घेरा हालिएको बताउनु भयो । उहाले वीरगंज महानगरपालिकाले बिभिन्न स्थानमा गाडी पार्किङ गर्न सक्ने निर्णय गरेको ट्राफिक प्रहरी निरीक्षक पडितले बताए । वीरगंजको घण्टाघर क्षेत्र, रातो बंगला, पुराना बसपार्क, नया बसपार्क, मालपोत चौक लगायतको बिभिन्न ठाउहरुमा गाडी पार्किङ गर्न सकिने महानगरले निर्णय गरेको ट्राफिक प्रहरी निरीक्षक कमलराज पडितले जानकारी दिनुभयो ।
वीरगंज महानगरपालिकालाई व्यवस्थित गरिन जरुरी छ तर स्थानीय व्यपार व्यसाय गरी बस्ने व्यपारीहरुको र्मम समेत बुझि अगाडी बढ्न जरुरी देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ