नेविसङ्घद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग

नेविसङ्घद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २४ असार । नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको टोलीले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गरेको हो ।

नेविसङ्घले लकडाउनको समयमा मात्र करिब रु तीन अर्ब नाफा कमाएको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै ५ रुपैयाँ बढाउनु उचित नहुने भन्दै निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्नसमेत भनेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने बताउँदै मूल्य कम गर्न आग्रह गर्नुभयो ।

निगमका कार्यकारी निर्देशक पौडेलले नेविसङ्घले उठाएका जायज मागलाई आफूले सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ