यसै आर्थिक बर्षमा ३ सय ८० म्यानपावर खारेज हुदै

यसै आर्थिक बर्षमा ३ सय ८० म्यानपावर खारेज हुदै

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

असार २३ काठमाण्डौं । लगातार दुई आर्थिक वर्षमा पनि एक सय जना भन्दा बढी मान्छे विदेश पठाउन नसकेका ३ सय ८० म्यानपावर कम्पनी यस बर्ष खारेज हुदैछन् ।
वैदेशिक रोजगार विभागले एक सय कामदार पठाउन सक्ने कम्पनीको मात्रै नवीकरण गरेको छ । असार मसान्तभित्र नवीकरण नहुने कम्पनीले अब साउन पछि कामदार पठाउन पाउने छैन ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईंले वैदेशिक रोजगार ऐनअनुसार एक सय कामदार नपठाउने कम्पनीको नवीकरण गर्न नमिल्ने बताए ।
संशोधित वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसके विभागले इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ । यसमा नियमावलीले थप व्याख्या गर्दै ‘पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात’ असार मसान्तभित्र पेस गरे मात्रै नवीकरण गर्ने भनेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरसको असरले कामदार पठाउन फागुन २६ देखि नै बन्द गरेको भन्दै नवीकरण प्रक्रियामा सहजीकरण गरिदिन सरकारलाई माग गरेको छ । संघले प्रधानमन्त्री, श्रममन्त्री, विपक्षी दलका प्रमुख नेतालगायतलाई भेटी यसबारे ध्यानाकर्षणसमेत गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी