रसुवागढी नाकाबाट आयात पुनः खुल्ला, चीनले मितेरी पुल सम्म ल्याईदियो सामाग्री

रसुवागढी नाकाबाट आयात पुनः खुल्ला, चीनले मितेरी पुल सम्म ल्याईदियो सामाग्री

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असार २२ रसुवा । लकडाउनका कारण साढे पाँच महिनादेखि आयात–निर्यात ठप्प भएको रसुवागढी नाका आजदेखि खुलेको छ । माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत बन्द गरिएको थियो ।
नाका सोमबार बिहान सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए ।
चीनले पुल सम्म ल्याईदिएको सामाग्री नेपालले करीब एक दर्जन कन्टेनरमा राखेर काठमाण्डौ ल्याउने छ । चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ता कपडा लगायत रहेको र तिनलाई मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गर्ने काम भइरहेको खड्काले बताए ।
चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउनेछ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुर्‍याउने काम गर्छन् । भन्सार यार्डबाटै सामानको जाँचपास हुने रसुवा भन्सार कार्यालयले जनाएको छ । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ ।

सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी