सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

चितवन, २१ असार । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण कार्य शुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नं १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो । वडा नं ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यासको भइसकेको र अन्य वडामा दिन जुराएर शिलान्यास गरिने उहाँले बताउनुभयो । चौँसठ्ठी हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ वटा वडा छन् ।

स्वास्थ्यचौकी निर्माणका लागि जनसङ्ख्याका आधारमा बजेट विनियोजन गरिएको छ । जनसङ्ख्या सात हजारभन्दा बढी भएको वडामा रु ६४ लाख र थोरै भएका ठाउँमा रु ३४ लाखका लागतमा स्वास्थ्यचौकी निर्माण गरिने बताइएको छ ।

सो नगरपालिकाको वडा नं ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नं १० मा सामुदायिक स्वास्थ्य एकाइ छन् । मकवानपुरको मनहरि गाउँपालिकासँग सीमा जोडिएको सो नगरपालिकाका चार वटा वडा पहाडमा पर्छन् । ती वडामध्ये दुई वटामा चेपाङको बाहुल्य छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ