कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक

कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पोखरा, २१ असार । नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन तथा यातायात क्षेत्रमा अझ बढी प्रभावित बनाएको बताउनुभयो । सरकारले धरासायी बनेको पर्यटन क्षेत्रमा आर्थिक प्याकेजसहित राहत दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल मुद्रण महासङ्घका केन्द्रीय सदस्य जीवन गोर्खालीले मुद्रण उद्योग व्यवसायीलाई कोभिड–१९ बाट परेको समस्या र समाधानका लागि अर्थमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको बताउनुभयो । मुद्रण उद्योग सङ्घ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायीको आवाजलाई केन्द्रबाट स्थानीय तह र स्थानीय तहबाट केन्द्रसम्म पु¥याउन गोलबद्ध रहनका लागि संस्था स्थापना भएको जानकारी गराउनुभयो । उक्त अवसरमा मिस कल्चर–२०२० विजेता प्रतीक्षा बाँस्तोलालाई सम्मानपत्र तथा खादा लगाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ