वीरगंज पिपरामा असारे बिकास, ढलान सडक माथी ढलान हुदै !

वीरगंज पिपरामा असारे बिकास, ढलान सडक माथी ढलान हुदै !

  • आइतवार, असार २१, २०७७
  • दिपक चौरसिया

  • 12.9K
    SHARES

वीरगंज २० असार । वीरगंज महानगरपालिकाको वडा नं। १४ पिपरामा ढलान सडकमाथी ढलान भए पनि कंची सडक नबनेको सथानियहरुले गुनासो गरेका छन् ।
वडा अन्तर्गतको ठूलो पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीको घर हुदै देव कुमार साहको घर सम्मको कच्ची बाटो लामो समय देखी खराब हुदा बन्न नसके पनि ढलान सडकमाथी ढलान कार्य भइरहेको छ ।
स्थानियहरुका अनुसार सोही ठाउँमा शिवनाथ साहको घरदेखी सन्जय साहको घर हुदै रेणुका पेट्रौल पम्पस्थित बाइपास सडक सम्म ढलान पक्की सडकमाथी पुनस् ढलान कार्य भइरहेको छ ।
वडाध्यक्ष भरत राउत कुर्मीसंग बिग्रेको सडक निर्माण गरिदिन बारम्बर मौखिक आग्रह गर्दा पनि निर्माण हुन नसकेको स्थानिय रन्जित प्रसाद पटेलले गुनासो गरे ।
उनले संचारकर्मीहरुसंग कुरा गर्दै वडाध्यक्ष कुर्मीको साथै संघिय सांसद, प्रदेश सांसद संग पनि बिग्रेको सडक बनाइदिन आग्रह गर्दा पनि उहाँहरुले पनि आश्वासन मात्र दिएर जाने गरेको दुस्खेसो पोखे ।


सडक बिग्रेका कारण बर्षातको समयमा आवतजावत गर्न पनि ग्राहो हुने गरेको अर्का स्थानिय बिनेश प्रसाद कुर्मीले वताए । संचारकर्मीहरुलाई बिग्रेको सडक देखाउदै सडक निर्माणको लागि योजना संकलन भए पनि निर्माण हुन नसकेको कारण बुझ्न नसकेको वताए ।
यस बिषयमा वडाध्यक्ष कुर्मीसंग बुझ्न फोनमा सम्पर्क गर्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ