सञ्चालनको तयारीमा जृुट्दै सवारी जाँच केन्द्र

सञ्चालनको तयारीमा जृुट्दै सवारी जाँच केन्द्र

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौं, १८ असार।उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) पुनः सञ्चालनको तयारी गरिएको छ ।

विद्यमान उपकरण काम गर्ने अवस्थामा छ-छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए । उपकरणले काम गर्ने अवस्था भएमा त्यसलाई मर्मत गरेर सञ्चालन गरिनेछ ।

उपकरण जडान भएको लामो समय भए पनि सञ्चालन नभएकाले उपकरण काम नलाग्ने हुनसक्ने उनले बताए । उपकरण काम नगर्ने भएमा नयाँ उपकरण जडान गरिने उनको भनाइ छ । उनले भने ‘विज्ञको सुझावका आधारमा मर्मत गर्ने कि नयाँ खरिद गर्ने भनी निर्णय गरिनेछ ।’
सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ ।

केन्द्रमा रहेका उपकरण त्यत्तिकै थन्किँदा अहिले सवारी साधनको मानिसले गर्ने कुराको मात्रै परीक्षण भइरहेको छ । केन्द्रमा एकदशक पहिले गह्रौँ सवारी साधन र हलुका सवारी साधनको स्वस्थता परीक्षणका लागि दुई उपकरण जडान भएको थियो । यी दुईमध्ये अहिले एउटा मात्रै भए पनि सञ्चालन गर्ने केन्द्रले तयारी गरेको छ ।अहिले कार्यालयका १४ मध्ये १२ कर्मचारी कार्यरत रहेका छन् ।

सरकारले बुटवल र हेटौँडामा पनि सवारी परीक्षण केन्द्र स्थापना गरेको छ । ती कार्यालयमा कर्मचारी व्यवस्थापन लगायतका काम भइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशमा एकएकवटा टेस्ट केन्द्रको स्थापना गर्ने योजना बनाएको छ ।बन्दाबन्दीका समयमा केन्द्रका सबै सेवा ठप्प छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ