आरजी ग्लोभ्सको प्रायोजन किरणलाई

आरजी ग्लोभ्सको प्रायोजन किरणलाई

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, १८ असार । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङले ग्लोभ्सको विदेशी प्रायोजक पाएका छन् ।

किरणलाई साइप्रसको ग्लोभ्स कम्पनी आरजीले दुई वर्षका लागि बुधबार प्रायोजनका रुपमा अनुबन्ध गरेको हो ।
त्यस सम्झौता अनुसार आरजीले किरणलाई प्रत्येक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ भने दुई वर्षको ग्लोभ्सको प्रायोजन रकम ६ लाख नेपाली रुपैयाँ हुन आउँछ ।

नेपाली गोलरक्षकले ग्लोभ्सको प्रायोजन पाएको यो पहिलोपटक हो । माथिल्लो स्तरमा फुटबल खेल्दा गोलरक्षकले नियमित अन्तरमा ग्लोभ्स परिवर्तन गरिरहनु पर्छ । राम्रो स्तरको एक जोडी ग्लोभ्सकै कम्तीमा १५ हजार रुपैयाँ पर्छ।
किरण अहिले भारतको आई–लिगमा मिनर्भा पन्जाब बाट खेलिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ