पेट्रोलियम पाइप लाइनका लागि जग्गाको सर्वेक्षण अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइनका लागि जग्गाको सर्वेक्षण अन्तिम चरणमा

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, १८ असार । अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पुर्याएको नेपाल आयल निगमले  जनाएकाे छ ।

गत आर्थिक वर्षमा पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको निगमले  अहिले जग्गाको सर्भे अन्तिम चरणमा पुर्याएको हाे । हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको निगमका निर्देशक वीरेन्द्र गोइतले बताए ।

जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिव स्तरीय संयुक्त कार्यसमूहलाई बुझाइने उनले बताए । गोइतले पाइप लाइनको सर्भे सकिएको र जग्गाको सर्भे अन्तिम चरणमा पुगेकाले उक्त कार्य सकिएपछि डीपीआर बन्ने बताए ।

निगमका अनुसार झापाको चारआलीसम्मको पाइप लाइनको सर्भेको काम पनि सुरु हुँदै छ । जग्गाको सर्भेपछि डीपीआर निर्माणको काम अघि बढ्नेछ । भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने भएको हो ।

६५ किलोमिटर लामो सो पाइप लाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक बजेट विनियोजन गरेको छ । कोरोना महामारीको बन्दाबन्दीले गर्दा फिल्डमा गरिने काम प्रभावित भए पनि स्थगित नभएको निर्देशक गोइतको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ