राखेपको अधिकार कटौती, नयाँ खेलकुद विकास ऐन आजबाट कार्यान्वयनमा आयाे

राखेपको अधिकार कटौती, नयाँ खेलकुद विकास ऐन आजबाट कार्यान्वयनमा आयाे

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १८ असार । राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ आजबाट कार्यान्वयनमा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साता अघि ऐन प्रमाणीकरण गरेकी तिइन् ।

ऐन प्रमाणीकरण गरेकाे सात दिनपछि कार्यान्वयनमा आउने प्रावधान अनुसार गएराति १२ बजेदेखि ऐन कार्यान्वयनमा आएको हो ।

नयाँ ऐनले खेलकुद विकास ऐन २०४८ लाई विस्थापन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आजदेखि नयाँ ऐन अनुसार नेपालको खेलकुद चलाउन राष्ट्रिय खेलकुद परिषद् र सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

नयाँ ऐन आएसँगै खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को वर्तमान बोर्डले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने अन्यौल बढेको छ । नयाँ ऐन आएपछि सोहीअनुसार नयाँ बोर्ड गठनको प्रक्रिया थाल्नुपर्ने मन्त्रालय स्रोतको तर्क छ ।

नयाँ खेलकुद ऐनले केन्द्र, प्रदेश र स्थानीय तहबिच खेलकुदको सम्बन्ध र क्षेत्राधिकार कस्तो रहन्छ भन्ने स्पष्ट ब्याख्या गरेको छैन । राखेप र त्यसको कार्यकारी पदमा रहेका सदस्यसचिवको एकल अधिकारमा ऐनले ब्यापक कटौती गरेको बताईएको छ ।

सदस्यसचिवको अधिकार कटौती गर्दै ऐनले राखेपलाई निर्देश गर्नेगरी ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । ऐनले राखेपको अधिकार खोसेर नेपाली खेलकुद संचालनको जिम्मेवारी मन्त्रालयका सचिव र कर्मचारीतन्त्रलाई सुम्पिएको आरोप समेत लागिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ