महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी

महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

१५ ,असार ।कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ । पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ ।

म्याकगिल विश्वविद्यालय, अक्फोर्ड विश्वविद्यालय र बोकोनी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो ।

स्मार्ट मोबाईल फोनका कारण महिलाहरुमा बहुआयामिक विकास भएको र उनीहरुको अवस्थामा सुधार आएको अध्ययनले देखाएको छ ।

गरिबी न्युनिकरण, स्वास्थ्य सुधार र लैंगिक समानताका लागि पनि स्मार्ट फोनले सहयोग पु¥याएको अध्ययनकर्ताहरुले बताएका छन् ।

अध्ययनका क्रममा एक लाख महिलासँग अन्तरक्रिया गरिएको थियो । उनीहरु अङ्गोला, ब्रुरून्डी, इथियोपिया, मालावी, तान्जानिया, युगाण्डा र जिम्बाब्वेका रहेका छन् । अध्ययनकर्ताहरुले गत सन् १०१५ देखि २०१७ सम्म अध्ययन गरेका हुन् ।

स्मार्ट मोवाईल फोन प्रयोग नगर्ने भन्दा प्रयोग गर्ने महिलाहरु निर्णायक भूमिकामा हुने सम्भावना बढी पाइएको छ ।

अध्ययनकर्ताहरुका अनुसार स्मार्ट फोन प्रयोग गर्ने महिलाहरुले आफ्नो मोबाइल सेटको अभावमा पनि यसलाई चलाउने ज्ञान प्राप्त गर्ने गरेको र यसका कारण पुरूषहरूको तुलनामा उनीहरूमा प्रविधिको ज्ञान स्वभाविकरूपमा कमी रहेको जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ