प्रदेश नं मा प्रादेशिक सडक योजना प्राथमिकतामा

प्रदेश नं मा प्रादेशिक सडक योजना प्राथमिकतामा

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बिराटनगर, १५ असार । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्विर बाबु गुरुङले सरकारले बहुवर्षीय सडक योजना, मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजनालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले खानेपानी र सिँचाइको योजना छनोट गर्दा प्रदेशसभा सदस्यकै मागअनुसार गरेको प्रष्ट पार्नुभयो ।

राज्यमन्त्री गुरुङले बोलपत्र आह्वानबाट ठेक्का लागेका योजना कुनै पनि नकाटिएको र यदि त्यसो भएको भए समाधान हुने भन्दै बजेट न्यायोचित ढङ्गले वितरण गरेको जिकिर गर्नुभयो । बहुवर्षीय सडक भूगोल र क्षेत्रका आधारमा फरकफरक भएकाले सोहीअनुसार बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री गुरुङले आगामी दिनमो यस्ता योजनाको मापदण्ड निर्धारण गरिने धारणा राख्नुभयो ।

उहाँले नयाँ योजना कुनै पनि नराखेको र योजनाको प्रस्ताव एवं छनोट एकद्वार प्रणालीबाट गरेको जानकारी दिनुभयो । प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्यले मन्त्रालयले विनियोजन गरेको बजेट न्यायोचित नरहेको र प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास एवं सम्वद्र्धनमा ध्यान नदिएको धारणा राख्नुभयो ।

उहाँहरुले सुनसरी, मोरङ, झापामा धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि धेरै योजना पर्नु र पहाडी जिल्लामा सम्भावित स्थानका बारेमा बजेट नपर्नुमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै सदस्यहरुले सकिन्छ भने कमीकमजोरीलाई सच्याउन आग्रह गर्नुभयो ।

छलफलमा सदस्यहरु उपेन्द्रप्रसाद घिमिरे, उषाकला राई, कुलप्रसाद साम्बा, केदार कार्की, खिनु लङ्वा लिम्बू, प्रतापप्रकाश हाङ्गाम, राजकुमार ओझा, बलबहादुर साम्सुहाङ, लक्ष्मण तिवारीले आआफ्नो धारणा राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ